Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अवैध गरगहनासहित एक महिला पक्राउ

    अवैध गरगहनासहित एक महिला पक्राउ


    • बुधवार, माघ १९ २०७८

    • नेपाल वाइड


    अवैध गरगहनासहित एक महिला पक्राउ
    पक्राउ परेकी मन्जु सहनी ।

    मोरङ, १९ माघ । मोरङ प्रहरीले अवैध चाँदीका गहनासहित एक जना महिलालाई पक्राउ गरेको छ । अवैध गहनासहित मोरङ सुनवर्षी नगरपालिका-९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल (पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस) बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गहनाको मूल्य अन्दाजी सात लाख बराबर रहेको छ । पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार