Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ऐसेलुखर्क : हिमपात पिडितलाई राहत प्रदान

    ऐसेलुखर्क : हिमपात पिडितलाई राहत प्रदान


    • बिहिवार, माघ २७ २०७८

    • खेमराज पुरी


    ऐसेलुखर्क  : हिमपात पिडितलाई राहत प्रदान
    हिमपात पिडित नागरिकलाई राहत प्रदान गर्दै गाँउपालिका अध्यक्ष लिलानाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेललगायत ।

    खोटाङ, २७ माघ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका हिमपात पिडित नागरिकलाई राहत प्रदान गरिएको छ । गत २० माघदेखि २२ माघसम्म परेको बाक्लो हिमपातका कारण पीडित बनेका ४० घर परिवारलाई गाउँपालिका र रेडक्रसले चामल र कम्बल वितरण गरेको हो ।

    ऐसेलुखर्क गाउँपालिका–१ तोरीबारी, सिब्दु बहानेका १८ घर र ऐसेलुखर्क गाउँपालिका–२ बिस्कामका २२ परिवारलाई प्रतिपरिवार १५ केजी चामल र २ वटा कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    हिमपातपछि बढेको चिसोका कारण तीन दिनसम्म घर बाहिर निस्कन नसकेका परिवारलाई गाउँपालिकाले चामल र रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले राहत उपलव्ध गराएको हो । हिमपात पिडित परिवारलाई गाउँपालिका अध्यक्ष निरौला र गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले घरैमा पुगेर राहत हस्तान्तरण गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राई लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । खोटाङमा चार दशकपछि १५ माघ २०७५ गते, १६ फागुन, १९ पुस र १४ फागुन २०७६ मा बाक्लो हिमपात भएको थियो ।

    सम्बन्धित समाचार