Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : होटल कामदार कोठामा मृत फेला

    खोटाङ : होटल कामदार कोठामा मृत फेला


    • बिहिवार, माघ २७ २०७८

    • नेपाल वाइड


    खोटाङ : होटल कामदार कोठामा मृत फेला
    सांकेतिक तस्बिर

    खोटाङ, २७ माघ । खोटाङमा होटल कामदार कोठामा मृत फेला परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित सिन्धुलीगढी होटलमा काम गर्दैआएका झापाको दमक नगरपालिका–१ का निवासी ४४ वर्षीय विनोदप्रसाद निरौला सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

    बुधबार दिउँसो १ बजे आराम गर्न भन्दै कोठामा गएका निरौला अवेरसम्म पनि काममा नआएपछि, बोलाउँदा नबोलेको र कोठा नखोलेपछि ढोका तोडेर हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।

    मृतकको शव बिहीबार पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । होटल कामदारको मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार