Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आगलागीमा परी दिप्रुङमा महिला गम्भीर घाईते

    आगलागीमा परी दिप्रुङमा महिला गम्भीर घाईते


    • सोमवार, फाल्गुण २ २०७८

    • नेपाल वाइड


    आगलागीमा परी दिप्रुङमा महिला गम्भीर घाईते
    आगलागीमा परि गम्भिर घाईते बनेकी मैयाँ खत्री ।

    खोटाङ, २ माघ । आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाईते भएकी छन् । सोमबार विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वालाले पोल्दा खत्री गम्भीर घाईते भएकी हुन् ।

    आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको ज्वालाले पोलेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    आगोको ज्वालाले भेट्दा अनुहार, हात लगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर बिराटनगर पठाइएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने फोक्सिङटारसम्म गाउँपालिकाको गाडीमा पुर्‍याइएका खत्रीलाई गाईघाटबाट झिकाइएको एम्बूलेन्समार्फत बिराटनगर लगिएको हो ।

    उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो । खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् । श्रीमानको मृत्यु भएपछि उनी घरमा एक्लै बस्दैआएकी थिईन् । आगलागीमा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

    सम्बन्धित समाचार