Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    नवनियुक्त मन्त्री राईलाई सम्मान

    केपिलासगढी : बाक्सिलामा गुम्बा शिलान्यास

    केपिलासगढी : बाक्सिलामा गुम्बा शिलान्यास


    • शनिवार, फाल्गुण ७ २०७८

    • नेपाल वाइड


    केपिलासगढी : बाक्सिलामा गुम्बा शिलान्यास
    बाक्सिलामा गुम्बा शिलान्यास गर्दै सामाजिक विकास मन्त्री राजन राई ।

    खोटाङ, ७ फागुन । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा गुम्बा शिलान्यास गरिएको छ । साँढे तीन करोडमा बन्ने छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा शनिबार प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले शिलान्यास गरेका छन् ।

    गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा रहेको पुरानो र सानो गुम्बाको ठाउँमा ठूलो र व्यवस्थित गुम्बा बनाउन लागिएको हो । गुम्बा निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने र डिपिआर तयार पारेर निर्माणको काम सुरु गरिने ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मनकुमार गुरुङले बताए ।

    नवनियुक्त मन्त्री राईलाई सम्मान

    गाउँपालिकाको केन्द्र बाक्सिलामा बौद्ध गुम्बा शिलान्याससँगै नवनियुक्त मन्त्री राईलाई सम्मान कार्यक्रम राखिएको थियो । केपिलासगढी गाउँपालिका–३ बासपानी घर भएका नवनियुक्त मन्त्री राईलाई विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकले फेटा, दोसल्ला र खादा ओढाएर सम्मान गर्दै वधाई दिएका छन् ।

    samman.jpg
    नवनियुक्त सामाजिक विकास मन्त्री राजन राईलाई सम्मान गर्दै केपिलासगढीवासी । तस्बीर सौजन्य : माईतीराज राई

    सम्बन्धित समाचार