Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : आगलागीबाट विस्थापित परिवारको विचल्नी

    खोटाङ : आगलागीबाट विस्थापित परिवारको विचल्नी


    • आइतवार, फाल्गुण ८ २०७८

    • नेपाल वाइड


    खोटाङ : आगलागीबाट विस्थापित परिवारको विचल्नी
    जलेको डम्बरबहादुर राईको घर । तस्बीर : बाजिन्द्र बिष्टको फेसबुक

    खोटाङ, ८ फागुन । आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको विचल्नी भएको छ ।

    किचनका रुपमा प्रयोग हुँदैआएको कटेरोबाट सुरु भएको आगोले घर र घरमा भएका सवैथोक जल्दा ८ जनाको परिवारको विचल्नी भएको हो । शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउनेक्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर आगलागी सुरु भएको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनकुमार राईले बताए ।

    आगलागीमा सर्वस्व गुमाएका राई परिवार हाल रेडक्रसले उपलव्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् । चिसोका कारण परिवारका वृद्धवृद्धा र वालबच्चा समस्यामा परेका छन् ।

    आगलागीबाट विस्थापितलाई वडा कार्यालयकातर्फबाट खाद्यान्न लगायतका वन्दोवस्तीका सामान उपलव्ध गराइएको कार्यबाहक वडाध्यक्ष राईले बताए । विस्थापितको घर निर्माणका लागि छिमेकीले आर्थिक र भौतिक सहयोग जुटाउने अभियान सुरु गरिएको छ ।

    सम्बन्धित समाचार