Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे

    गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे


    • मंगलवार, फाल्गुण १० २०७८

    • नेपाल वाइड


    गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे
    रिहाई भएका जयराम, खगेन्द्र र गणेशबहादुर तामाङ ।

    खोटाङ, १० फागुन । खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् । गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ, ३५ वर्षीय गणेशबहादुर तामाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका पेमा शेर्पा मंगलबार पुर्पक्षका लागि जिल्ला अदालतको आदेशमा जनही १० हजार धरौटी बुझाएर छुटेका हुन् । चार अभियुक्तको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासु विक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त अनुसन्धान र कारबाही प्रकृया जारी रहनेगरी २६ माघमा हिरासतमुक्त भएका थिए ।

    नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङ लगायतको पहलमा अनुसन्धान र कारबाही प्रकृया जारी रहनेगरी उनीहरु रिहा भएका थिए । गोरु काट्न लगाएको बयान आएपछि शेर्पामाथि पनि कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । उनीहरु बिरुद्ध ‘पशुपन्छी सम्वन्धी कसुर गोरु काटी मारेको’ मुद्धा चलाइएको थियो ।

    राई, तामाङ, शेर्पालगायतका जनजाती समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ । तर गोरु काट्नेलाई सजाय हुने कानूनी व्यवस्था छ । यही विषयले गर्दा जनजाती समुदाय र स्थानीय प्रशासन/प्रहरी बीचमा बेलाबेलामा द्धन्द्ध सिर्जना हुने गरेको छ ।

    सम्बन्धित समाचार