Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : गोरुले हान्दा गम्भीर घाइते पुरुषको मृत्यु

    खोटाङ : गोरुले हान्दा गम्भीर घाइते पुरुषको मृत्यु


    • बिहिवार, फाल्गुण २६ २०७८

    • नेपाल वाइड


    खोटाङ : गोरुले हान्दा गम्भीर घाइते पुरुषको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, २६ फागुन । खोटाङमा गोरुले हान्दा गम्भीर घाइते बनेका पुरुषको मृत्यु भएको छ । गोरुले हान्दा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राईको बुधबार राती मृत्यु भएको हो ।

    चराउन लगेको बेला गोरुले बुधबार बिहान हान्दा गम्भीर घाइते भएका राईको फेमिली केयर अस्पताल दिक्तेलमा उपचारकोक्रममा मृत्यु भएको हो । मलका लागि आफन्तबाट ल्याएर पाल्न थालेको केही दिनपछि राईलाई गोरुले हानेको हो । गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन् ।

    घाइतेको बाहिर निस्केको आन्द्रालाई फेमिली केयर अस्पतालमा इमरजेन्सी अपरेसन गरेर पुर्ववत अवस्थामा फर्काइए पनि बचाउ नसकिएको जनाइएको छ ।

    आर्थिक अवस्था कमजोर भएका कारण जनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बू लगायतका छिमेकी तथा शुभेच्छुकले सहयोग उठाएर उपचार सुरु गरिएको थियो ।

    सम्बन्धित समाचार