Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    चखेवाभञ्ज्याङ–सेखुवा : ठेकेदारलाई कारबाहीको सट्टा म्याद थपेर पुरस्कार

    चखेवाभञ्ज्याङ–सेखुवा : ठेकेदारलाई कारबाहीको सट्टा म्याद थपेर पुरस्कार


    • सोमवार, फाल्गुण ३० २०७८

    • नेपाल वाइड


    चखेवाभञ्ज्याङ–सेखुवा : ठेकेदारलाई कारबाहीको सट्टा म्याद थपेर पुरस्कार
    खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा खण्डको अवस्था ।

    खोटाङ, ३० फागुन । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड कालोपत्रेको तेश्रोपल्ट थप भएको म्याद सकिन लाग्दा ३५ प्रतिशत मात्र भौतिक प्रगती देखिएको छ ।

    निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी, काठ्माण्डौंको ढिलासुस्तीका कारण चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेश्रोपल्ट थप भएको म्याद सकिन लाग्दा करिब ६५ प्रतिशत काम बाँकी रहन पुगेको हो ।

    मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल (४६ किलोमिटर) सडक खण्डमा पर्ने चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको सोही सडक खण्डमा पर्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका वडाध्यक्ष बिजय गुरुङले बताउनुभयो ।

    चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको तेश्रो पल्ट थप भएको म्याद आगामी ३० चैतमा सकिने पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरि २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुको म्याद थप गर्दै सट्टा बचाउ गरिएको भन्दै जिल्लाबासी असन्तुष्ट छन् ।

    सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई पत्रमार्फत तथा विभिन्न मितिमा बैठकमा बोलाएर निर्माण कार्य सम्पन्न गर्न पटक–पटक ताकेता गरिरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी इन्जिनियर बिन्दु अधिकारीले जानकारी दिईन् ।

    सम्बन्धित समाचार