Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दुई उत्कृष्ट कर्मचारीलाई हरिलाल राई स्मृति सम्मान

    दुई उत्कृष्ट कर्मचारीलाई हरिलाल राई स्मृति सम्मान


    • मंगलवार, चैत्र १ २०७८

    • नेपाल वाइड


    दुई उत्कृष्ट कर्मचारीलाई हरिलाल राई स्मृति सम्मान
    स्वर्गीय नासु हरिलाल राई स्मृति सम्मानबाट सम्मानित बिमला राई (बायाँ) र हरिनारायण राई (दायाँ) ।

    खोटाङ, १ चैत । दुई राष्ट्रसेवक कर्मचारीलाई स्वर्गीय नासु हरिलाल राई स्मृति सम्मान प्रदान गरिएको छ । मोटरसाईकल दुर्घट्नामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्वर्गीय नासु राईको स्मृतिमा किरात राई कर्मचारी मञ्च केन्द्रिय समितिले स्थापना गरेको अक्षय कोषबाट कृषि ज्ञान केन्द्र खोटाङमा कार्यरत छैठौं अधिकृत हरिनारायण राई र इटहरी उप महानगरपालिकाको स्वाथ्यचौकी हासपोसामा कार्यरत अनमी बिमला राईलाई स्वर्गीय हरिलाल राई स्मृति सम्मान प्रदान गरिएको हो ।

    दुर्गम क्षेत्रमा लामो समय सेवा गरेको तथा किरात समुदायको उत्थानमा पु¥याएको योगदानको कदर गर्दै छैठौं अधिकृत राई र अनमी राईलाई किरात राई कर्मचारी मञ्च केन्द्रीय समितिले आयोजना गरेको बृहत बनभोज कार्यक्रममा सम्मान प्रदान गरिएको हो ।

    राईद्धयलाई किरात राई यायोक्खा केन्द्रीय समिति अध्यक्ष दिवस राई, सार्वजनिक प्रशासनका उच्च पदस्थ कर्मचारीको उपस्थितिमा सम्मान–पत्र सहित जनही १५ हजार राशी प्रदान गरिएको किरात राई कर्मचारी मञ्च केन्द्रिय समितिका महासचिव अनिल किरातीले बताए ।

    पाँच जिल्ला कार्य समितिले सिफारिस गरेको १० कर्मचारीमध्येबाट हरिलाल राई स्मृति सम्मान कोषको नियमावली–२०७७ बमोजिमको व्यवस्थापन समितिले निश्चित मापदण्डको आधारमा दुई जनालाई सम्मानका लागि छनौट गरेको हो ।

    लहानमा काठ्माण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बसले बाईकलाई ठक्कर दिँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु राईको ७ पुस २०७७ मा निधन भएको थियो ।

    स्वर्गीय नासु राईको स्मृतिमा उनकै बुवा उदयबहादुर राई र आमा चुनामायाँ राईले अक्षय कोष स्थापनार्थ उपलव्ध गराएको ३ लाखबाट ३ बैसाख २०७८ मा स्वर्गीय हरिलाल राई स्मृति सम्मान कोष स्थापना गरिएको हो ।

    पुण्यतिथि पारेर हरेक वर्षको ८ पुसमा हरिलाल राई स्मृति सम्मान प्रदान गर्ने निर्णय गरिएको भए पनि कोभिड १९ को महामारीका कारण समयमा कार्यक्रम गर्न नसकिएको किरात राई कर्मचारी मञ्चले जनाएको छ ।

    नेपालको सार्वजनिक प्रशासनमा आवद्ध भएर देश र जनताको सेवामा समर्पित किरात राई समुदायका सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई वार्षिक रुपमा सम्मान प्रदान गर्ने तथा सार्वजनिक सेवा र समुदायको हितमा प्रोत्साहित गर्न एवं वृत्ति विकासमा टेवा पुर्‍याउने लक्ष्यका हरिलाल राई स्मृति कोष स्थापना गरिएको हो ।

    वार्षिक रुपमा प्राप्त हुने व्याजबाट किरात राई समुदायका एक जना महिला र एक जना पुरुष राष्ट्रसेवक कर्मचारीलाई वार्षिक रुपमा सम्मान गर्नेगरी कोष स्थापना गरिएको मञ्चले जनाएको छ ।

    सम्बन्धित समाचार