Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : रुखबाट लडेर गम्भीर घाईते भएका कट्टेलको मृत्यु

    खोटाङ : रुखबाट लडेर गम्भीर घाईते भएका कट्टेलको मृत्यु


    • शुक्रवार, चैत्र ४ २०७८

    • नेपाल वाइड


    खोटाङ : रुखबाट लडेर गम्भीर घाईते भएका कट्टेलको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, ४ फागुन । खोटाङमा खन्यूको रुखबाट लडेर गम्भीर घाईते पुरुषको मृत्यु भएको छ । घाँस काट्नका लागि खन्यूमा चढेको अवस्थामा बिहिबार दिउँसो लडेर गम्भीर घाइते भएका साकेला गाउँपालिका–४ मात्तिमका ४७ वर्षीय गोपीलाल कट्टेलको मृत्यु भएको हो ।

    रुखमा चढेर घाँस झार्नेक्रममा लडेर जमिनमा बजारिएपछि गम्भीर अवस्थामा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएका कट्टेलको शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।

    पहिचान नखुलेका युवा फेला

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको तालखर्कमा पहिचान नखुलेका युवा फेला परेका छन् । करिब १८ वर्ष उमेरको देखिने तर नबोल्ने युवा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हालसम्म नाम र ठेगाना नखुलेको युवा चिन्ने व्यक्तिलाई नजिकको प्रहरी चौकीमा खबर गर्न आग्रह गरिएको छ ।

     

    सम्बन्धित समाचार