Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ‘दिक्तेलबजारमा खानेपानी महशुल अचाक्ली महंगो’

    ‘दिक्तेलबजारमा खानेपानी महशुल अचाक्ली महंगो’


    • शुक्रवार, चैत्र ४ २०७८

    • नेपाल वाइड


    ‘दिक्तेलबजारमा खानेपानी महशुल अचाक्ली महंगो’
    दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना ।

    खोटाङ, ४ फागुन । खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाले वितरण सुरु गरेको खानेपानीको महसुल महंगो भएको उपभोक्ताले गुनासो गरेका छन् ।

    उपभोक्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाको महसुल अस्वभाविक रुपमा महंगो बनाइएको गुनासो गरेका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका उपभोक्ताले शुक्रबार वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उपभोक्ताको हित अनुकुल हुनेगरी खानेपानीको महसुल निर्धारणको पहल गर्न माग गरेका छन् ।

    न्यूनतम प्रतियुनिट १५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म महसुल निर्धारण हुँदा कतिपय सामान्य परिवारका उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने अवस्था नभएको स्थानीय कृष्ण आचार्यले बताए ।

    खानेपानीको निर्धारित नयाँ महसुल दर हेरफेर नभएसम्म उपभोक्तालाई दिइएकोे बिलमा उल्लेख रकम नबुझाउने ध्यानाकर्षण–पत्रमा भनिएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको पानी वितरणअघि मासिक दुई सय महशुल बुझाउँदै आएका कतिपय उपभोक्ताको ३ हजार ९०० सम्म बिल उठेको उपभोक्ताको भनाई छ ।

    ‘हामीले पानीको मासिक दुई सय महसुल तिर्दै आएका थियौं । अहिले मासिक चार हजारसम्म बिल आएपछि कसरी तिर्ने उपभोक्ताले ?,’ आचार्यले भने, ‘दिक्तेलबजारका अधिकांश परिवारमा कम्तीमा २५ देखि ३० युनिट पानीको प्रयोग हुन्छ । एउटा घरले खानेपानीकै पैसा दुई हजार–तीन हजार तिर्नुपर्‍यो भने सामान्य परिवारले कसरी धान्न सक्छ ?’

    रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र पानीपोत महसुल शुल्क निर्धारण सुझाव समितिको १४ फागुनमा बसेको बैठकले १ युनिटदेखि ८ युनिटसम्म न्यूनतम २५० रुपैयाँ, ८ युनिटदेखि १५ युनिटको प्रतियुनिट १५, २० युनिटदेखि २५ युनिटसम्म प्रतियुनिट २५, २५ युनिटदेखि ३० युनिटसम्म प्रतियुनिट ५० र ३० देखि माथि प्रतियुनिट ७५ रुपैयाँ महसुल दर रेट निर्धारण गर्ने निर्णय गरेको थियो ।

    नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहिट) रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।

    १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको थियो । आयोजनाको कतिपय मिटरा लिकेज हुने समस्या देखिएको छ । सो आयोजना केही समयपछि उद्घाटनको तयारी गरिएको छ ।

    सम्बन्धित समाचार