Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    महिला जनप्रतिनिधिको क्षमता विकासका लागि ‘शी लिड्स’ मध्यवर्ती प्रशिक्षण

    महिला जनप्रतिनिधिको क्षमता विकासका लागि ‘शी लिड्स’ मध्यवर्ती प्रशिक्षण


    • बुधवार, चैत्र ९ २०७८

    • नेपाल वाइड


    महिला जनप्रतिनिधिको क्षमता विकासका लागि ‘शी लिड्स’ मध्यवर्ती प्रशिक्षण
    महिला जनप्रतिनिधिको क्षमता विकासका लागि ‘शी लिड्स’ मध्यवर्ती प्रशिक्षण कार्यक्रम समापनकाक्रममा ।

    खोटाङ, ९ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला तथा दलित महिला जनप्रतिनिधिको क्षमता अभिबृद्धिका लागि शी लिड्स मध्यवर्ती प्रशिक्षण सञ्चालन गरिएको छ ।

    १५ वडा रहेको नगरपालिकामा निर्वाचित महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यको क्षमता अभिवृद्धि गर्दै वडामा प्रभावकारी ढंगले भूमीका निर्वाह गर्न/गराउन सक्षम बनाउने लक्ष्यका साथ दुई दिने शी लिड्स मध्यवर्ती प्रशिक्षण सञ्चालन गरिएको हो ।

    होटल शुभदिनमा सोमबार र मंगलबार सञ्चालन गरिएको प्रशिक्षणमा पैरवीको परिचय, दुष्प्रचार र दोषपूर्ण अभिव्यक्ती, नैतिकवान नेतृत्व बारे छलफल गरिएको शी लिड्स महिला नेतृत्व कार्यक्रमका जिल्ला संयोजक भानु राईले बताए । प्रशिक्षणमा नगरपालिकाका महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यको सहभागीता रहेको थियो ।

    ‘शी लिड्स’ परियोजना अन्तर्गत महिलाको नेतृत्व विकासका लागि ४ चैत र ५ चैतमा हलेसी तुवाचुङ नगरपालिकामा महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यलाई सहभागी गराएर शी लिड्स मध्यवर्ती प्रशिक्षण सञ्चालन गरिएको थियो ।

    स्वीस सरकार विकास नियोग र अस्ट्रेलयिन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा जिल्लाका पाँच स्थानीय तहमा शी लिड्स महिला नेतृत्व कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकामा शी लिड्स महिला नेतृत्व कार्यक्रम सञ्चालन भइरहेको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकामा क्रमशः शी लिड्स मध्यवर्ती प्रशिक्षण सञ्चालन गरिने कार्यक्रम संयोजक राईले बताए ।

    सम्बन्धित समाचार