Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अनाथ बालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै पत्रकार वनले मनाए जन्मदिन

    अनाथ बालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै पत्रकार वनले मनाए जन्मदिन


    • बुधवार, चैत्र ९ २०७८

    • नेपाल वाइड


    अनाथ बालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै पत्रकार वनले मनाए जन्मदिन
    जन्मदिनमा आश्रमका छात्र/छात्रालाई शैक्षिक सामग्री प्रदान गर्दै पत्रकार रमन वन ।

    खोटाङ, ९ चैत । सोलुखुम्बुका पत्रकार रमन वनले अनाथ बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै जन्मदिन मनाएका छन् । थुलुङ दुधकोशी गाउँपालिका–४ जुबुमा जन्मिएका पत्रकार वनले १९ औं वशन्त पार गरेर २० औं वशन्त सुरु गरेको अवशरमा मंगलबार काठ्माण्डौं मुलपानीस्थित जनजाती बाल आश्रममा बसिरहेका ३० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै जन्मदिन मनाएका हुन् ।

    हाल एनडिसिखबर डटकमको सम्पादकका रुपमा कार्यरत वनले जन्मदिनको अवशरमा अनाथ विद्यार्थीलाई १० हजार बराबरको कापी, डटपेन, पेन्सिल, पेन्सिल कटर र इरेजर प्रदान गरेका छन् ।

    आमा बाबु नभएका, अनाथ र आर्थिक अवस्था कमजोर भएका बालबालिकाको अध्ययनमा टेवा पु¥याउने हेतुले शैक्षिक सामग्री प्रदान गरेर जन्मदिन मनाएको पत्रकार वनले बताए ।

    अनाथ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै जन्मदिन मनाउनका लागि पत्रकार वन तुलसिराम पुरी, नवराज वन, कबिता वन, मुना पुरी, पत्रकारद्धय सुनिल बिष्ट, प्रकाश कपाली लगायतको टोली लिएर जनजाती बाल आश्रम पुगेका थिए ।

    आफन्त बोलाएर अनावश्यक भोज गर्दै जन्मदिन मनाउने प्रचलनका बिचमा पत्रकार वनले भने सामाजिक काम गर्दै जन्मदिन मनाएका हुन् । पत्रकार वनले खोटाङको हलेसी एफएम, सोलुखुम्बुको सोलु एफएम र चोमोलुङ्मा एफएममा काम गरिसकेका छन् ।

    सम्बन्धित समाचार