Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खाली खुट्टा मेची–महाकाली पैदल यात्रामा राउत

    खाली खुट्टा मेची–महाकाली पैदल यात्रामा राउत


    • शनिवार, चैत्र २६ २०७८

    • नेपाल वाइड


    खाली खुट्टा मेची–महाकाली पैदल यात्रामा राउत
    खाली खुट्टा मेची महाकाली पैदल यात्रामा निस्किएका खगेन्द्र राउत (दायाँबाट पहिलो) । तस्बीरः बाजिन्द्र बिष्ट

    खोटाङ, २५ चैत । सिद्धबाबाको रुपमा चिनिने खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका खगेन्द्र राउत खाली खुट्टामा मेची–महाकाली पैदलयात्रा निस्किएका छन् ।

    बिश्व शान्तिको कामना गर्दै ४४ वर्षीय राउत २३ फागुनदेखि खाली खुट्टामा मेची महाकाली यात्रामा निस्किएका हुन् । लामो जटा पालेर गेरु बस्त्र पहिरिएका राउत नेपालको झण्डा हातमा बोकेर खाली खुट्टा यात्रामा निस्किएका हुन् । शुक्रबारसम्ममा खाली खुट्टा २२ जिल्लाको यात्रा पुरा भएको राउतले बताए ।

    राउत खोटाङबाट उदयपुर, सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, मकवानपुर, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके हुँदै बर्दिया पुगेका छन् ।

    ७ वर्षदेखि अन्न नखाएका राउत जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सावाखोला किनारमा रहेको तिर्थस्थल भानुमतीमा ६ मंसिरदेखि ११ दिने ध्यानमा बसेका थिए । त्यसअघि उनी पाथीभरामा ४ दिन, हलेसीमा ३ दिन ३ रात र बराहपोखरीमा १८ घण्टा ध्यानमा बसेका थिए ।

    सम्बन्धित समाचार