Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बसको छतमा चढेकोबेला विद्युतको तार छुँदा करेन्ट लागेर एकको मृत्यु

    बसको छतमा चढेकोबेला विद्युतको तार छुँदा करेन्ट लागेर एकको मृत्यु


    • सोमवार, चैत्र २८ २०७८

    • नेपाल वाइड


    बसको छतमा चढेकोबेला विद्युतको तार छुँदा करेन्ट लागेर एकको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, २८ चैत । बसको छतमा चढेकोबेला विद्युतको तार छुन पुग्दा करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दिलैँची हुँदै मात्तिमविर्तातर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढेकोबेला विद्युतको नांगो तार छुन पुग्दा करेन्ट लागेर उदयपुरको रौतामाई गाउपालिका–४ का २६ बर्षीय प्रताप खड्काको मृत्यु भएको हो ।

    छतमा राखेको यात्रुको सामान ओराल्नका लागि चढेकोबेला विद्युतको झुण्डिएको तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाईते भएका खड्काको उपचारका लागि उदयपुर अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा पुगेपछि बसको छतबाट सामान झार्नेक्रममा खड्कालाई आइतबार मध्यह्न साँढे चार बजे करेन्ट लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडासदस्य अमृत गिरीले बताए । मृतक बसका धनी तथा कन्ट्याक्टर हुन् ।

    चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    विद्युतको पोल लच्किएर ढल्किँदा झुण्डिएर होचो भएको तार छुनपुग्दा खड्कालाई करेन्ट लागेको हो । पोललाई तत्काल सिधा नउभ्याए र असुरक्षित रुपमा झुण्डिएको तारलाई अग्लो नबनाए थप दुर्घट्ना निम्तिने खतरा देखिएको स्थानीय बताउँछन् ।

    सम्बन्धित समाचार