Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु

    ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु


    • बुधवार, चैत्र ३० २०७८

    • नेपाल वाइड


    ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु
    बोलेरो गाडी दुर्घटना भएको सिद्दिचरण राजमार्ग स्थित मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरको भँडारेखोला ।

    ओखलढुंगा, ३० चैत । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन प्रहरीले ज्यान गुमाएका छन् । बुधबार सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय बिराटनगर जाँदै गरेको बा १७ च १०९४ को डबल क्याप बोलेरो गाडी सिद्दिचरण राजमार्ग अन्तरगत मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरको भँडारेखोलाको भीरबाट खस्दा प्रहरी हवल्दार भुपेन्द्र कार्की, प्रहरी जवान मानिक राजवंशी र रुपन बिष्टको मृत्यु भएको हो ।

    कार्की र राजबंशीको घट्नास्थलमा र बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौंमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । ९ जना सवार जीप सडकबाट करिब सय मिटर तल भीरमा अड्किएको थियो ।

    सवारी दुर्घटनामा घाईते भएका प्रहरी निरीक्षक ऋषीराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाललाई स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ ।

    प्रहरी नायब निरीक्षक धनराज खतिवडा भने स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार