Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : वनमा लागेको डढेलोले घर र मतान जल्यो

    खोटाङ : वनमा लागेको डढेलोले घर र मतान जल्यो


    • शुक्रवार, बैशाख २ २०७९

    • नेपाल वाइड


    खोटाङ : वनमा लागेको डढेलोले घर र मतान जल्यो
    फायल तस्बिर

    खोटाङ, २ बैसाख । वनमा लागेको डढेलोले खोटाङमा घर र मतान जलेको छ । घर नजिकैको ठूलोपाखा सामुदायिक वनमा लागेको डढेलोको झिल्कोले शुक्रबार खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका भिमबहादुर कार्कीको घर र अर्जुन तामाङको मतान जलेको हो ।

    कार्कीको ढुंगामाटोले बनेको फुसको छानो भएको दुई तले खाली घर जल्दा एक लाख र तामाङको ढुंगामाटोले बनेको फुसको छानो भएको मतान जल्दा करिब ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    यस्तै, अगेनाबाट सल्किएको आगोले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रत्नबहादुर श्रेष्ठको घर जलेको छ । श्रेष्ठको दुई तले घर जल्दा अन्दाजी १ लाख ७० हजारको क्षति भएको छ ।

    गाईबस्तुका लागि खोले पकाउन बालेको आगोले बराहपोखरी गाउँपालिका–५ पौवासेराका प्रदीप राईको मतान र १५ वटा बाख्रा जलेको छ ।

    बाख्राको खोर र डेराका रुपमा प्रयोग भइरहेको बाँसको टाँटीले बारेको जस्ताको छाना हालिएको मतान र बाख्रा जल्दा करिब ४ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए ।

    सम्बन्धित समाचार