Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको बाईक

    वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको बाईक


    • बुधवार, बैशाख ७ २०७९

    • नेपाल वाइड


    वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको बाईक
    वडाध्यक्ष खगेन्द्र गुरुङ प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई बाइकको चाँबी र ब्लुबुक हस्तान्तरण गर्नुहुदै ।

    खोटाङ, ६ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको बाईक फिर्ता गरेका छन् । वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

    निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर बाईको चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन् । सो बाईक २०७६ साल असोजमा वडाको बजेटबाट खरिद गरिएको थियो ।

    उनी एमालेकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ‘निर्वाचन आचारसंहिताको पालना पनि गर्नु पर्‍यो,’ वडाध्यक्ष गुरुङले भने, ‘आखिर यो नासो हो, नुबुझाई हुन्न ।’ वडा कार्यालयले २०७४ सालमा खरिद गरेको बाईक भने वडा सचिवले प्रयोग गरिरहेको वडाध्यक्ष गुरुङले बताए ।

    सम्बन्धित समाचार