शनिवार, बैशाख १७ २०७९
नेपाल वाइड
खोटाङ, १८ बैसाख । वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षती पुगेको छ । बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानमा लगाइएको गहुँ, मकै, आलु, बन्दा, गोलबेँडा, सिमी, फर्सी लगायतका बालीनालीमा क्षती पुगेको हो ।

पाकेर भित्र्याउन तयार भएको गहुँको बाला असिनाले हिर्काएर झारेको छ । मकै, आलु, बन्दा लगायतको बोट असिनाले हिर्काउँदा लाछिएर जमिनमा लतारिएको छ ।
असिनाले मकै पात र आलुको बोट च्यातचुत पारेर जमिनमा झारेको किसान बताउँछन् । । असिनाले बालीनालीमा क्षती पुग्दा उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन् । पुःन शुक्रबार परेको असिना पानीले बालीनालीमा थप क्षती पुर्याएको छ ।

क्षतीको विस्तृत विवरण प्राप्त नभए पनि जिल्लाको लेकाली क्षेत्रमा असिनाले बालीनालीमा बढी क्षती पुर्याएको जानकारी आएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । असिनाले फुल्दै र फल्दै गरेको फलफुलमा समेत क्षती पुर्याएको छ ।
