शनिवार, बैशाख १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ बैसाख । खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् ।
आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर जवरजस्ती करणी गरेको सूचना आए लगत्तै ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता जवरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।