आइतवार, बैशाख २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ बैसाख । खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिईन् । रक्तचापले बेहोस भएको अवस्थामा स्वास्थ्य संस्थामा पुर्याए लगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले बताए ।
२०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटि सदस्य तथा अनेमसंघ जिल्ला कमिटि सदस्य थिईन् । उनका श्रीमान सहित तीन छोरा र दुई छोरी छन् ।