Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नवराज बिक हत्या काण्डः जलाइए मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर

    नवराज बिक हत्या काण्डः जलाइए मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर


    • मंगलवार, जेठ १० २०७९

    • नेपाल वाइड


    नवराज बिक हत्या काण्डः जलाइए मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर
    दिक्तेलमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाउँदै संघर्ष समिति । तस्बीरुहरुः दमन राई

    खोटाङ, १० जेठ । जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाइएको छ ।

    आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संयुक्त संघर्ष समितिले मंगलबार दिक्तेलको त्रिबेणीचोकमा मुलुकी ऐन १९१० र मुलुकी ऐन लागू गर्ने जंगबहादुर राणाको तस्बीर जलाएको हो ।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराजसहित ६ जनाको १० जेठ २०७७ मा हत्या भएको थियो । उक्त दिन पारेर जात व्यवस्था बिरुद्धको विरुद्धको प्रतिरोध दिवसका रुपमा मुलुकी ऐन र राणाको तस्बीर जलाइएको संघर्ष समितिका संयोजक दिपक ठटालले बताए ।

    जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित संघर्ष समितिले रुकुम घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम गर्दैआएको छ ।

    वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संयोजक ठटालले बताए ।

    संघर्ष समितिले यसअघि जिल्लाका १० वटै स्थानीय तह र सरकारलाई ज्ञापनपत्र बुझाउने, घरेलु हतियार प्रदर्शन गर्ने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, राँके जुलुस प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गरेको थियो ।

    2. justice for nawaraj bk_burnt muluki ain_daman.jpg

    दिक्तेलमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाउँदै संघर्ष समिति । 

    3. justice for nawaraj bk_burnt muluki ain_daman.jpg

    दिक्तेलमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाउँदै संघर्ष समिति । 

    3. justice for nawaraj bk_burnt muluki ain_daman.jpg

    दिक्तेलमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाउँदै संघर्ष समिति । 

    5. justice for nawaraj bk_burnt muluki ain_daman.jpg

    दिक्तेलमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाउँदै संघर्ष समिति । तस्बीरुहरुः दमन राई  

    सम्बन्धित समाचार