Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    राष्ट्रिय कृषक दिवसमा हाजिरी जवाफ प्रतियोगीता

    राष्ट्रिय कृषक दिवसमा हाजिरी जवाफ प्रतियोगीता


    • शुक्रवार, जेठ २७ २०७९

    • नेपाल वाइड


    राष्ट्रिय कृषक दिवसमा हाजिरी जवाफ प्रतियोगीता
    १० औं राष्ट्रिय कृषक दिवस ।

    खोटाङ, २७ जेठ । १० औं राष्ट्रिय कृषक दिवसको अवसरमा खोटाङमा जिल्ला स्तरिय अन्तर माबि हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको छ । राष्ट्रिय कृषक दिवसको अवसरमा शुक्रबार कृषि ज्ञान केन्द्रको आयोजनामा हाजिरी जवाफ प्रतियोगीता सञ्चालन गरिएको हो ।

    प्रतियोगीतामा माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका बेदना राई, अजय पाण्डे, हिमाल आचार्यको समुह प्रथम, सरस्वती माबिका बिनिता गिरी, यूनिस ढुंगाना र एलिस आचार्यको समुह दोश्रो तथा पञ्च माबिका भुवन आचार्य, सुप्रभ ढकाल र पुर्णीमा बास्तोलाको समुह तेश्रो भएका छन् ।

    प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त सहभागीलाई क्रमशः ११ हजार, ९ हजार र ७ हजार का साथमा प्रमाण–पत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी एवं कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए । कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार