Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सामुदायीक वनमा खयरका बिरुवा रोपिए

    सामुदायीक वनमा खयरका बिरुवा रोपिए


    • आइतवार, जेठ २९ २०७९

    • नेपाल वाइड


    सामुदायीक वनमा खयरका बिरुवा रोपिए
    लफ्याङस्थित देउले सामुदायीक वनमा खयरका बिरुवा रोप्दै उपभोक्ता ।

    खोटाङ, २९ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायीक वनमा खयरका बिरुवा रोपिएको छ । देउले सामुदायीक वन उपभोक्ता समुहले आइतबार खयरका १४०० बोट बिरुवा रोपेका छन् ।

    पछिल्लो समय सल्लाको बोट मासिदै गएकाले खयरको बिरुवा रोपिएको देउले सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष सन्तोष घिमिरेले बताए । २८५ हेक्टरमा फैलिएको सामुदायीक वनको उपभोक्ता समुहले वर्ष दिनअघि खयरको बिरुवा खरिद गरेर ल्याएर बेर्ना तयार पारेर रोपेको हो ।

    खयरको बोट हुर्केपछि भविष्यमा राम्रो मुल्यामा बिक्रीवितरण र आयआर्जन हुने भएकाले खयरको बिरुवा लगाइएको अध्यक्ष घिमिरेले बताए । समुहले खयरको बिउ खरिद गरेर ल्याएर समुहका सदस्यलाई बेर्ना उत्पादन गर्ने जिम्मा दिएको थियो । बृक्षारोपणमा समुहका २८ जनाको सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार