Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : वर्षा याम सुरु भएसँगै कच्ची सडक ठप्प

    खोटाङ : वर्षा याम सुरु भएसँगै कच्ची सडक ठप्प


    • आइतवार, आषाढ ५ २०७९

    • नेपाल वाइड


    खोटाङ : वर्षा याम सुरु भएसँगै कच्ची सडक ठप्प
    फायल तस्बिर

    खोटाङ, ५ असार । वर्षा याम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छ । वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठ्माडौं–लामीडाँडा–खार्पा–दुबेकोल–ऐसेलुखर्क, दिक्तेल–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–खोटाङबजार, दिक्तेल–राजापानी–रेग्मीटार–रसुवा, दिक्तेल–जालपा–हौंचुर–फेदी माक्पा–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी, रसुवा–सिमपानी–खोटाङबजार, रसुवा–रोक्सिङ–पञ्चमी–याम्खा–मात्तिम र रसुवा–टेम्मा–छितापोखरी सडक अवरुद्ध भएको हो ।

    नियमित पानी परेका कारण विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामिण क्षेत्र जोड्ने सडकमा बस तथा जीप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ ।

    वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण अर्को सुचना जारी नभएसम्मका लागि कच्ची सडकमा सवारी साधन चलाउन छाडिएको प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनु भयो । सवारी साधन सञ्चालन नहुँदा आकस्मिक कामका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् ।

    सम्बन्धित समाचार