Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारी वर्षाका कारण बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प

    भारी वर्षाका कारण बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प


    • मंगलवार, आषाढ १४ २०७९

    • नेपाल वाइड


    भारी वर्षाका कारण बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प
    वर्षाका कारण धाप्लाङ–बराहपोखरी सडकमा खसेको पहिरो ।

    खोटाङ, १३ असार । भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा धाप्लाङ–गाउँपालिकाको कार्यालय–बराहपोखरी, बंशिलाघाट–मौवाबोटे, कम्पुघाट–गाउँपालिकाको कार्यालय, पौवासेरा–गाउँपालिकाको कार्यालय लगायतका सडक अवरुद्ध भएको हो ।

    कच्ची सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रु बाहक सवारी साधन चल्न नसकेको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईले बताए । धाप्लाङ–बराहपोखरी र बंशिलाघाट–मौवाबोटे सडक गाउँपालिका र उदयपुर जोड्ने सडक हो । सवारी साधन नचल्दा स्थानीय पैदल यात्रा गर्न बाध्य छन् ।

    भारी वर्षाका कारण कतिपय सडक खण्डमाथिबाट पहिरो खसेको छ । सडकको नाली र तारजाली सहितको पर्खाल पहिरोले पुरिनुका साथै बाढीले बगाएको छ । सडकमा ठूला–ठूला ढुंगा खसेको उपाध्यक्ष राईले बताए ।

    अवरुद्ध सडकमा बाइक सञ्चालन गर्न मिल्ने गरी बाटो मर्मत थालिएको छ । सडक खुलाउनका लागि गाउँपालिकाकै जेसिभि प्रयोग गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘ठूला ठूला ढुंगा पल्टिएर सडकमा थुप्रिएको छ ।

    गाडी चल्ने अवस्था छैन,’ उपाध्यक्ष राईले भने, ‘हाललाई बाइक कुदाउन मिल्नेगरी बाटो बनाउने काम भइरहेको छ । जेसिभी पनि पठाउने तयारी गरिरहेका छौँ । तर ठूलो ठूलो ढुंगा जेसिभीले पन्छाउन सक्ने अवस्था छैन ।’
    वर्षाका कारण धाप्लाङ–बराहपोखरी सडकमा खसेको पहिरो ।

    सम्बन्धित समाचार