Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    साउदी अरेबियमा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

    साउदी अरेबियमा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो


    • बिहिवार, आषाढ १६ २०७९

    • नेपाल वाइड


    साउदी अरेबियमा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो
    साउदी अरेबियमा ज्यान गुमाएका सोनिल राई ।

    खोटाङ, १५ असार । साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् ।

    साउदी अरेबियमा कारको ठक्करबाट गत जेठ ६ गते राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका हुन् ।

    रेष्टुरेन्ट वर्करको रुपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो ।

    उनी मासिक एक हजार रियल पाउनेगरी काठ्माण्डौंको काठ्माडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    तर मृत्यु भएको महिना दिन वितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गुनासो गर्छिन् । पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठ्माण्डौं पुगेकी छन् ।

    उनी हाल बच्चा च्यापेर आफन्तसँग मेनपावरको कार्यालय र वैदेसिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् । मेनपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक–पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए ।

    “हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई/तीन हप्ता वितिसक्यो । आठ/नौ पटक मेनपावर धाइसक्यौं,” राईले भने, “दुतावासले सहयोग गरिरहेकै छ तर मेनपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।” विदेशबाट शव ल्याउन मेनपावर कम्पनी, वैदेसिक रोजगार बोर्डको सचिवालय र दुतावासको महत्वपूर्ण भूमीका रहन्छ ।

    सम्बन्धित समाचार