शुक्रवार, आषाढ १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ असार । खोटाङमा ५ वर्षकी नावालिकालाई जवरजस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नावालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जवरजस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम)लाई प्रहरीले पक्राउ गरेको हो ।
घट्नापछि फरार भएका आरोपितलाई बिहिबार बिहान केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।
अभियुक्तले आफ्नै घरमा खेलीरहेकी नावालिकालाई दिउसो ३ बजे ललाइफकाई बाख्रा खोरमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घट्नाका बेला नावालिकाकी आमाले देखेपछि आरोपित फरार भएका थिए ।
उनलाई इलका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा राती २ बजे नियन्त्रणमा लिएको हो ।
अभियुक्त विरुद्ध जवरजस्ती करणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर निगरानी कक्षमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक रोमनराज अर्यालले जानकारी दिए ।