Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा पहिरोले ६ घर विस्थापित

    खोटाङमा पहिरोले ६ घर विस्थापित


    • सोमवार, आषाढ २० २०७९

    • नेपाल वाइड


    खोटाङमा पहिरोले ६ घर विस्थापित
    हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबास गर्दै विस्थापित ।

    खोटाङ, २० असार । पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ६ घर विस्थापित भएका छन् । शुक्रबार राती परेको भारी वर्षाका कारण गाउँ चिरा–चिरा पर्दा साविकको जालपा–८ सावालुङका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् ।

    यस्तै, पहिरोका कारण साविकको जापला–३ का धनकुमार बिश्वकर्माको परिवार पनि विस्थापित भएका हुन् । धँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक छेउको खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दानबहादुर राईले बताए ।

    वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो । विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावक बिहन शारदाको अवस्था नाजुक छ ।

    घटनाका विषयमा जानकारी आएपछि प्रहरीलाई मुचुल्का उठाउन लगाइएको उपमेयर बिसन राईले बताए । बिस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने उपमेयर राईले जनाए ।

    सम्बन्धित समाचार