Logo
  • शनिवार, कार्तिक १५ २०८३Oct 31 2026

  • images
    images

    कृषि हाटबजारको संरचना सम्पन्न भएको दुई हप्ता नपुग्दै भासियो

    कृषि हाटबजारको संरचना सम्पन्न भएको दुई हप्ता नपुग्दै भासियो


    • सोमवार, आषाढ २० २०७९

    • नेपाल वाइड


    कृषि हाटबजारको संरचना सम्पन्न भएको दुई हप्ता नपुग्दै भासियो
    वर्षाका कारण चर्किएको र भासिएको हलेसीस्थित हाटबजार ट्रसको पर्खाल । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ, २० असार । प्रदेश सरकारको अनुदानमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा निर्माण गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै भासिएको छ ।

    प्रदेश सरकार कृषि मन्त्रालय प्रदेश १, बिराटनगरको अनुदान र उपभोक्ता समितिको श्रमदान गरी १० लाख ६७ हजार ९८६ रुपैयाँमा निर्माण गरिएको हाटबजार ट्रसको पर्खाल चिरा पर्नुका साथै प्रांगण भासिएको छ ।

    पशु वधशालाका रुपमा प्रयोग गर्नेगरी तुवाचुङ कृषि हाटबजार निर्माण उपभोक्ता समितिमार्फत गत ४ असारमा निर्माण सम्पन्न गरिएको ट्रसको पर्खाल तथा प्रांगण वर्षाका कारण असार १७ गते राती भासिएको हो ।

    प्रदेश कृषि मन्त्रालयको अनुदान ९ लाख ६० हजार र उपभोक्ताको श्रमदान १ लाख ७ हजार ९८६ रुपैयाँको लागतमा पशु वधशालाको संरचना तयार पारिएको हो । उपभोक्ता समितिले कमसल र लापरवाहीढंगले काम गरेकाले हाटबजारको पर्खाल चिरा परेर भासिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।

    “आजै मात्र हामी हाटबजार ट्रसको अनुगमनमा पुगेका थियौं,” वडाध्यक्ष गिरीले भने, “काममा एकदमै लापरवाही भएको छ । कमसल तरिकाले काम भएको देखिएको छ ।”

    हलेसी तुवाचुङ नगरपालिकाले तीन वर्षअघि सोही ठाउँमा पशु वधशालाको रुपमा प्रयोग गर्नेगरी आठ मिटरको हाटबजार ट्रस निर्माण गरेको थियो । सोही ट्रसमा जोडेर अर्को नयाँ ट्रस, शौचालय लगायतका थप संरचना निर्माण गरिएको हो ।

    वर्षाको पानीले ट्रसको प्रांगण भासिएको छ । प्रांगण भासिँदा पर्खालले ठाउँ छाडेर चिरा चिरा परेको देखिन्छ । यस्तै, शौचालय बनाइएको भाग पनि चिरा चिरा परेको वडाध्यक्ष गिरीले बताए ।

    सम्बन्धित समाचार