Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    रावाबेँसीमा नदीजन्य पदार्थ उत्खनन्मा रोक

    खोटाङ : अवैधरुपमा बालुवा निकालेर ओसार पसार गर्ने तीन ट्याक्टर नियन्त्रणमा

    खोटाङ : अवैधरुपमा बालुवा निकालेर ओसार पसार गर्ने तीन ट्याक्टर नियन्त्रणमा


    • शुक्रवार, आषाढ ३१ २०७९

    • नेपाल वाइड


    खोटाङ : अवैधरुपमा बालुवा निकालेर ओसार पसार गर्ने तीन ट्याक्टर नियन्त्रणमा
    साप्सु खोलाबाट ढुंगा लिएर निस्कदै गरेको ट्याक्टर । तस्बीरः दमन राई

    खोटाङ, ३१ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेको तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    २४ असारदेखि २९ असारको बिचमा दुधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको छ ।

    २४ असारमा तुवाचुङ नगरपालिका–८ धितुङस्थित सुनकोशी नदिबाट रातको समयमा अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको लु ४ त ६९७४ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सुनकोसीको भाडबेँसीबाट बालुवा बोकेर धितुङतर्फ जाँदै गरेको ट्याक्टरलाई प्रहरीले रातको २ बजे नियन्त्रणमा लिएको जनाएको छ ।

    २५ असारमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेस्थित दुधकोसीबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको प्रदेश २०३०१ त ५०२३ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    यस्तै, २९ असारमा नदीबाट अवैध रुपमा बालुवा निकालेर लैजाँदै गरेको अवस्थामा प्रदेश २०१–००१ त १८५० नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रहरीले नियन्त्रणमा लिएर बुझाएको ट्याक्टरलाई ‘एकचोटीका लागि’ प्रतिवटा १ हजार ५०० का दरले जरिवाना गरेर छाडिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले बताए ।

    हलेसी तुवाचुङ नगरपालिकाले नदीको ढुंगा, गिटी र बालुवा संकलन एबं बिक्री वितरणका लागि ठेक्का आव्हान गरेको थियो । तर बढी रकम तोकिएकाले दुई पल्ट ठेक्का आव्हान गर्दा पनि ठेक्का नलागेको नगरपालिकाले जनाएको छ ।

    नदीबाट बालुवा निकाल्ने सहज वातावरण हुँदा भौतिक संरचना निर्माणको काम भने प्रभावित भएको छ । ‘अवैध तरिकाले बालुवा निकाल्ने ट्याक्टरलाई पहिलोचोटीका लागि जरिवाना गरेर छाडिएको छ ।

    जरिवाना गरिएको कागजात प्रहरीलाई दिएका छौँ,’ उपमेयर राउतले भने, ‘असार सक्ने सम्झौता भएका कैयौं योजनाहरु छन् । त्यस्ता योजना सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।’

    रावाबेँसीमा नदीजन्य पदार्थ उत्खनन्मा रोक

    रावाबेँसी गाउँपालिकाले नदी तथा खोलाबाट बालुवा, गिटी उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आइई) प्रतिबेदन अनुसार गाउँपालिका भित्रका नदी तथा खानी क्षेत्रबाट १ साउनदेखि भदौ मसान्तसम्मका लागि बालुवा, गिटी, ढुंगा तथा अन्य नदिजन्य पदार्थहरु उत्खनन्मा पूर्ण रुपमा रोक लगाएको हो । २७ असारमा सुचना जारी गर्दै गाउँपालिकाले दुई महिनासम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्यमा रोक लगाएको हो ।

    सम्बन्धित समाचार