मंगलवार, श्रावण १० २०७९
नेपाल वाइड
खोटाङ, १०, साउन । जिल्ला अदालत खोटाङमा न्यायाधीश शुभाषबाबु पुरी आउनुहुने भएको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको सरुवा भएपछि न्यायधिस पुरी खोटाङ आउनुहुने भएको हो ।
न्याय परिषदले न्यायाधीशको सरुवा गर्ने निर्णय अनुशार न्यायाधीश पुरी जिल्ला अदालत खोटाङ आउनुहुने भएकोे हो । जिल्ला अदालत सुनसरीमा कार्यरत न्यायाधीश शुभाषबाबु पुरी जिल्ला अदालत खोटाङ आउने हुने भएको हो ।
जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्य भने जिल्ला अदालत चितवनमा सरुवा हुनुभएको छ । मंगलबार बसेको न्याय परिषदको बैठकले २२४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।
न्याय परिषद बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।
न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूची सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ । त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।