Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङ कांग्रेसमा बिष्णुराजको ‘कमव्याक’

    खोटाङ कांग्रेसमा बिष्णुराजको ‘कमव्याक’


    • मंगलवार, श्रावण १० २०७९

    • नेपाल वाइड


    खोटाङ कांग्रेसमा बिष्णुराजको ‘कमव्याक’
    मनोनयन गरिएको पत्रसहित नेता बिष्णुराज राई ।

    खोटाङ, १० साउन । खोटाङमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण पाँच वर्षका लागि पार्टीबाट निष्कासित भएका कांग्रेस नेता बिष्णुराज राई जिल्ला कार्य समिति सदस्य मनोनयन भएका छन् ।

    संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसका अधिकारिक उम्मेदवार बिष्णुकुमार राई बिरुद्ध बागी उम्मेदवार दिएका कारण पाँच वर्षसम्म साधारण सदस्य समेत नरहनेगरी निष्कासनमा परेका बिष्णुराज जिल्ला कार्य समिति सदस्य मनोनयन भएका हुन् ।

    रोचक त के छ भने २०७० को संविधानसभा सदस्य निर्वाचनका उम्मेदवार बिष्णुकुमारले कांग्रेस जिल्ला सभापतिको हैसियतले बिष्णुराजलाई जिल्ला सदस्य मनोनयन गरेका हुन् ।

    सभापति राईले पठाएको मनोनय–पत्रमा ‘कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १२ उपधारा ५ (ख) को २ ले व्यवस्था गरे अनुसार जिल्ला कार्य समिति सदस्य मनोनयन गरिएको’ उल्लेख छ ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका बिष्णुराज कांग्रेसका क्षेत्रीय सभापति थिए । आधिकारिक उम्मेदवार बिरुद्ध बागी उठेपछि बिष्णुराज सहित प्रस्ताबक टेम्माका देउबहादुर राई दिनेश र समर्थक निरेश राईलाई २०७० साल पुसमा साधारण सदस्य समेत नरहनेगरी पाँच वर्षकालागि निष्कासन गरिएको थियो । पाँच वर्षे कारबाही स्वतः फुकुवा भएपछि बिष्णुराजले पुःन पार्टीको क्रियासिल सदस्यता लिएको कांग्रेस खोटाङका उपसभापति इवन राई बताउँछन् ।

    गत मंसिरमा सम्पन्न कांग्रेस खोटाङको सातौं जिल्ला अधिबेसनमा उनी क्षेत्रीय प्रतिनिधिका रुपमा सहभागी बनेका थिए । ५ वर्षे कारबाहीपछि राजनीतिमा भएको उनको ‘कमव्याक’लाई चासोका साथ हेरिएको छ ।

    सम्बन्धित समाचार