Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नागरिकता विधेयक खारेजीको मागमा थाल ठटाउँदै राप्रपाको जुलुस

    नागरिकता विधेयक खारेजीको मागमा थाल ठटाउँदै राप्रपाको जुलुस


    • बुधवार, श्रावण ११ २०७९

    • नेपाल वाइड


    नागरिकता विधेयक खारेजीको मागमा थाल ठटाउँदै राप्रपाको जुलुस
    जुलुसपछि त्रिबेणीचोकमा भएको कोणसभामा राप्रपाका नेता तथा कार्यकर्ता । तस्बीरः दमन राई

    खोटाङ, ११ साउन । नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले थाल ठटाउँदै जुलुस प्रदर्शन गरेको छ । नागरिकता विधेयक खारेजीको मागमा राप्रपाले बुधबार दिक्तलबजारमा ठाल ठटाउँदै जुलुस निकालेको हो ।

    प्रतिनिधि सभाले गत शुक्रबार ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि राप्रपाले बिरोध प्रदर्शन गरेको हो ।

    विधेयकमा उल्लेखित बाबुआमा नभेटिएको नाबालकले वंशजको नागरिकता पाउने, बिहे लगत्तै नागरिकता दिइने, महिला र पुरुषका लागि फरक प्रावधान जस्ता विवादित तर संवेदनशील विषयमा पुनर्विचार गर्नुपर्ने राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए ।

    राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले ‘नागरिकता विधेयक खारेजी गर, बढ्दो महंगी नियन्त्रण गर, राष्ट्रहित विपरित सन्धी सम्झौता खारेजी गर’ लेखिएको व्यानरसहित जुलुस निकालेका थिए ।

    पार्टी कार्यालयदेखि सुरु भएको जुलुस त्रिबेणीचोक पुगेर कोणसभामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राप्रपाका अध्यक्ष राई, नगर कमिटि अध्यक्ष चन्द्रकुमारी राई तारा र प्रजातान्त्रिक महिला संगठनका संयोजक टिका खत्रीले सम्बोधन गरेका थिए ।

    राप्रपाले भ्रष्टाचार र महंगी नियन्त्रण गर्न, किसानलाई मल र बिउ समयमा उपलव्ध गराउन, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलव्ध गराउन, अतिक्रमित भूमी फिर्ता गर्न, महिला हिंसा अन्त्या गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका माग गर्दैआएको छ ।

    gg.jpg

    जुलुसपछि त्रिबेणीचोकमा भएको कोणसभामा राप्रपाका नेता तथा कार्यकर्ता । 

    सम्बन्धित समाचार