सोमवार, श्रावण २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ साउन । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाटोलका नन्दराज सुर्केली दर्नाल मृत फेला परेका छन् । ३२ वर्षीय दर्नाल सोमबार बिहान ५ बजे आफ्नै घरभन्दा पछाडिको मतानमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
बिहान झिसमिसमा मतान पछाडिको बाटो हुँदै बाँदर धपाउन जाँदैगरेका छिमेकी चनबहादुर तामाङले दर्नाललाई झुण्डिएको अवस्थामा देखेर परिवारलाई खबर गरेका थिए ।
घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट गएको प्रहरीले घटनास्थल मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दर्नाल शनिबार बजार गएर बेलुका घर फर्किएका थिए । उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् । श्रीमती र छोराछोरी उठ्नु अगावै उनलाई छिमेकीले मृत फेला पारेका हुन् ।
(युवराज कालीकोटेको सहयोगमा)