Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेलाका भूकम्प पिडितलाई राहत

    साकेलाका भूकम्प पिडितलाई राहत


    • बुधवार, श्रावण २५ २०७९

    • नेपाल वाइड


    साकेलाका भूकम्प पिडितलाई राहत
    भूकम्प पिडितलाई राहत वितरण गर्दै गाँउपालिका अध्यक्ष रविप्रकाश राई ।

    खोटाङ, २५ साउन । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पबाट घरमा पूर्ण क्षती पुगेका पिडितलाई राहत वितरण गरिएको छ ।

    गत १५ साउनमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूर्णरुपमा क्षती पुगेका १४ परिवारलाई मंगलबार रेडक्रसले राहत प्रदान गरेको हो ।

    पहिलो चरणमा भूकम्प पिडितलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट साडी, बुट्टे कपडा सेट, एक सेट भाँडाकुँडा, बाल्टी लगायतका बन्दोबस्तीका सामान प्रदान गरिएको हो ।

    भूकम्पबाट प्रभावित परिवारको संकटको अवस्थालाई सरल र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकासँगको सहकार्यमा बन्दोबस्तीका सामग्री वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए ।

    गाउँपालिका अध्यक्ष रबिप्रकाश राई, रेडक्रसका सभापति ज्ञानेन्द्र जोशी, प्रमुख प्रशासकीय अधिकृत महेस राई, रेडक्रस मन्त्री बजिमय, लगायतले भूकम्प पिडितलाई राहत हस्तान्तरण गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले भूकम्प पिडितलाई थप राहत उपलव्ध गराउन माथिल्लो निकाय समक्ष पहल गर्ने आश्वसन दिएका छन् ।

    सम्बन्धित समाचार