Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    दोषीलाई कारबाही गर्न कर्मचारी संगठनको माग

    खोटाङ : दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार

    खोटाङ : दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार


    • बुधवार, श्रावण २५ २०७९

    • नेपाल वाइड


    खोटाङ : दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार
    दोषीलाई कार्वाहीको माग गर्दै निकालेका विज्ञप्ती र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै ।

    खोटाङ, २५ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार भएको छ ।

    सडक बोर्डको योजना अनुगमन तथा मूल्यांकन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ पुगेकोबेला असिस्टेन्ट सव–इन्जिनियर खेटराजप्रसाद अधिकारी र इमरान राइनमाथि कुटपिट तथा दुव्र्यवहार भएको हो ।

    बाम्राङका युवक राईले मंगलबार साँझ नियन्त्रणमा लिएर अपरिचितको घरमा लगेर अमानवीय व्यवहार गरेको अधिकारी र राइनले बताएका छन् ।

    बाम्राङ सामातुङका एक घरमा बन्धक राखेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेको भन्दै अधिकारी र राइनलेले बुधबार आरोपित बिरुद्ध बिद्युतीय अपराधको कानून बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

    युवकले मोबाईल, व्याग, व्यागमा भएको नाप्ने फित्ता, कागजात र बाइकको चाँवी थुतेर नियन्त्रणमा लिएर मुक्काले हानेको जाहेरीमा उल्लेख छ । ‘जाँड रक्सी खाएर आएको, रातको समयमा कसले बाइक चलाउन दियो’ भन्दै दुव्र्यवहार गरेको अधिकारी र राइनको आरोप छ ।

    अधिकारी र राइन स्वयं युवकको आग्रहमा सडक बोर्डको योजना अनुगमन तथा मूल्यांकनका लागि साँझमा बाम्राङ जाने क्रममा कुटपिट तथा दुव्र्यवहारमा परेका हुन् ।

    बाम्राङ जानेक्रममा अधिकारीले वडाध्यक्ष महेन्द्र राईलाई अनुगमनमा उपस्थिति हुनका लागि फोन गरेपछि युवकले बाईक रोकेर ‘किन वडाध्यक्षलाई फोन गरिस् ? वडाध्यक्षले दिएको योजना हो ?’ भन्दै मोबाईल र बाइकको चाँबी खोसेर कुटपिट गरेको जाहेरीमा भनिएको छ ।

    दोषीलाई कारबाही गर्न कर्मचारी संगठनको माग

    यसैबीच, नेपाल निजामति कर्मचारी संगठन, निजामती कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले अधिकारी र राइनमाथि कुटपिट तथा दुव्र्यवहार गर्ने दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

    तीन कर्मचारी संगठनले प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाइलाई संयुक्त विज्ञाप्ती बुझाउँदै दोषी पक्राउ नपरेर कारबाही नभए थप आन्दोलन घोषणा गर्ने र कार्यालयको कामकाज ठप्प बनाउने चेतावनी दिएका छन् ।

    यस्तै, नगर स्तरिय कर्मचारी एकता केन्द्रको बैठकले बिहिबारसम्ममा दोषीमाथि कारबाही प्रकृया सुरु नभए शुक्रबारदेखि नगरपालिकाको अत्यवश्यक वाहेकका अन्य सेवा ठप्प पार्ने निर्णय गरिएको नगर स्तरिय कर्मचारी एकता केन्द्रका अध्यक्ष ढुण्डीराज पाण्डेले बताए ।

    सम्बन्धित समाचार