Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पाथेकामा खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका

    पाथेकामा खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका


    • सोमवार, श्रावण ३० २०७९

    • नेपाल वाइड


    पाथेकामा खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका
    पाथेकामा खर्कमा छाडिएको दुई गोरुको कंकाल ।

    खोटाङ, ३० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुई वटा गोरुको कंकाल भेटिएको छ ।

    रोपाई सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जीतबहादुर तामाङ र सरोज राईको एक/एक वटा गोरुको कंकाल फेला परेको हो । स्थानीय कुवापानी जंगलमा छाला काढेको, टाउको, हाडखोर अलग–अलग गरेको अवस्थामा कंकाल फेला परेको हो ।

    घुँडामुनिको छाला बाँकी छाडेर अन्य छाला काढेर हाडखोर छुट्याइएको अवस्थामा कंकाल भेटिएकाले गोरु मारिएको आशंका गरिएको स्थानीय अग्नीप्रसाद राईले बताए । हाडखोर गाइवस्तु पुग्न नसक्ने ठाउँमा भेटिएको हो ।

    घट्नास्थल अवलोकन गर्दा गोरुको मासु लगेर हाड र छाला भीरबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । मासुका लागि गोरु मारिएको आशंकामा खर्चमा गाईवस्तु छाड्ने स्थानीय चिन्तित बनेका छन् ।

    सम्बन्धित समाचार