Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    जसपा खोटाङः पार्टी ‘छाड्ने र नछाड्ने’ संख्याको विषयमा दोहोरी

    जसपा खोटाङः पार्टी ‘छाड्ने र नछाड्ने’ संख्याको विषयमा दोहोरी


    • मंगलवार, श्रावण ३१ २०७९

    • नेपाल वाइड


    जसपा खोटाङः पार्टी ‘छाड्ने र नछाड्ने’ संख्याको विषयमा दोहोरी
    पत्रकार सम्मेलनमा पार्टीको निर्णय सुनाउँदै जसपाका उपाध्यक्ष पिके खम्बू । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, ३१ साउन । जनता समाजवादी पार्टी खोटाङले अध्यक्ष सहित तीन जनाले मात्र पार्टी परित्याग गरेको दावी गरेको छ । अध्यक्ष अध्यक्ष टंक थापा सहित ३९ जनाले सोमबार पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेको भोलीपल्टै पत्रकार सम्मेलन गर्दैै जसपाले अध्यक्ष थापा, सचिव देवकुमार राई र सचिवालय सदस्य दिपककुमार तामाङले मात्र पार्टी परित्याग गरेको दावी गरेको हो ।

    हेलीप्याडस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मलेनमा जसपाका उपाध्यक्ष पिके खम्बूले पार्टी परित्याग गरेको भनिएका नेता तथा कार्यकर्ता जसपामै रहेको दाबी गरेका छन् ।

    ‘टंकबहादुर थापा, देवकुमार राई र दिपककुमार तामाङले मात्र पार्टी परित्याग गरेको हो,’ खम्बूले भने, ‘जसपा जिल्लामा शसक्त र संगठित छ । भविष्यमा अझ बढि सुदृढ भएर जानेछ ।’

    पार्टी परित्यागको सूचीमा राखिएका कतिपय नेताले लिष्टमा सार्वजनिक रुपमै जसपामा रहेको बताइरहेको उपाध्यक्ष खम्बूले उल्लेख गरेका छन् ।

    पार्टी छाडेका भनिएका लफ्याङ र खार्मी वडा कमिटिका नेता तथा कार्यकर्तालाई पत्रकार सम्मेलनमा उपस्थित गराइएको थियो । भौगोलिक विकटताका कारण अन्य ठाउँका नेतालाई उपस्थित गराउन नसकिएको जसपाले जनाएको छ ।

    पार्टी परित्याग गरेका कसैलाई पनि कारबाही नगरिएको तर सो बारेमा प्रदेश कमिटिलाई जानकारी दिइएको जसपाका प्रदेश कमिटि सदस्य नविन राईले बताए ।

    थापाले ११ पदाधिकारीमध्ये ७ जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, ७ केन्द्रीय सदस्यमध्ये २ जना र ६ जना प्रदेश सदस्यमध्ये ३ जनाले पार्टी परित्याग गरेको जानकारी दिएका थिए ।

    थापाको सोही घोषणालाई जसपाले पत्रकार सम्मेलनमार्फत खण्डन गरेको हो । पार्टी ‘छाड्ने र नछाड्ने’ नेताको संख्याको विषयमा अहिले दुई पक्षबीच दोहोरी चल्न थालेको हो । दुबै पक्ष आ–आफ्नो संख्या बढी देखाउने ध्याउन्नमा जुटेको देखिएको छ ।

    सोमबारको पत्रकार सम्मेलनमा भनिएजस्तो सबै ३९ जनाले जसपा नछाडेको र मंगलबारको पत्रकार सम्मेलनमा भनिएजस्तो तीन जनाले मात्र पार्टी छाडेको दावीमा तथ्यांकीय त्रुटी देखिएको छ । नयाँशक्ति पुष्ठभूमीका नेताहरुका विषयमा भने जसपा सहिष्णु देखिएका छन् ।

    सम्बन्धित समाचार