Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वडा कार्यालयको पनि शाखा !

    वडा कार्यालयको पनि शाखा !


    • बुधवार, भाद्र १ २०७९

    • नेपाल वाइड


    वडा कार्यालयको पनि शाखा !
    वडा कार्यालय बिजयखर्कको मालास्थित शाखा कार्यालयमा भेला भएका स्थानीय ।

    खोटाङ, १ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडा कार्यालयले शाखा स्थापना गरेको छ । बसेरीमा रहेको वडा कार्यालय पुग्न दुई/तीन घण्टा हिँड्न वाध्य स्थानीयलाई लक्षित गर्दै मालामा वडा कार्यालयको शाखा विस्तार गरिएको हो ।

    महिनाको ६ दिन सेवा दिनेगरी बुधबार वडा कार्यालयको शाखा स्थापना गरिएको वडाध्यक्ष रामबहादुर कटवालले बताए । वडाको शाखाबाट साविकको बिजयखर्क–१ र २ का स्थानीय लाभान्वित भएका छन् ।

    वडाको शाखामा सेवा प्रवाहका लागि सचिव र कार्यालय सहयोगी मध्ये एक जनालाई खटाइने छ । पञ्चकन्या माबिको एउटा खाली भवन लिएर वडाको शाखाका रुपमा सेवा सुरु गरिएको हो ।

    वडा कार्यालय बिजयखर्कले सोही ठाउँबाट स्वास्थ्य सेवा पनि सुरु गरेको छ । महिनाको ६ दिन स्वास्थ्यचौकी सरहको सेवा दिनेगरी सेवा सुरु गरिएको हो । तोकिएको दिन एक जना स्वास्थ्यकर्मीलाई औषधि सहित खटाइने वडा कार्यालयले जनाएको छ ।

    स्वास्थ्यचौकीले महिनाको ६ दिन गाउँबाटै सेवा दिन सुरु गरेपछि सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँड्नुपर्ने नागरिक लाभान्वित भएको स्थानीय युवा नेता किसन भुजेलले बताए ।

    सम्बन्धित समाचार