शुक्रवार, भाद्र ३ २०७९
नेपाल वाइड
खोटाङ, ३ भदौ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एबं एमाले जिल्ला कमिटि सचिवालय सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
बिहिबार दिउँसो इटहरीबाट बाइक चढेर बिराटनगर जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको होटलको माइक्रो भ्यानले ठक्कर दिँदा निवर्तमान गाउँपालिका अध्यक्ष राई गम्भीर घाइते भएका हुन् ।
बाइकको पछाडि बसेको अवस्थामा माइक्रोको ठक्करबाट उछिट्टिएका राईको टाउकोको देब्रे साइडमा भित्री चोट लागेको एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्ष याम राईले बताए ।
घाइतेको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बिहिबार राती टाउकाको शल्यक्रीया गरिएका उनलाई अहिले भेन्टीलेटरमा राखिएको छ । बाईक चलाइरहेका युवा संघ जन्तेढुंगा अध्यक्ष चासुम राई पनि घाइते भएका छन् । चासुम भने खतरामुक्त छन् ।