बिहिवार, भाद्र ९ २०७९
नेपाल वाइड
खोटाङ, ९ भदौ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) पुर्नगठन दिवसको अवसरमा खोटाङमा दिप प्रज्वलन गरिएको छ । पुर्नगठन दिवसको अवसरमा बिहीबार साँझ नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटिको दिक्तेलस्थित कार्यालयमा दिप प्रज्वलन गरिएको हो ।
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज बबी चाम्लिङ, केन्द्रीय सदस्य एबं पुर्वसांसद कुलप्रसाद फुयाँल, प्रदेश कमिटि सदस्य अम्बीका राई, जिल्ला सचिव राजन आचार्य लगायतको उपस्थितिमा पार्टी कार्यालयमा दिप प्रज्वलन गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पार्टी पुर्नगठन दिवस मनाएको छ ।
स्थानीय ९४ वर्षका धर्मलाल घिमिरे र ९२ वर्षका दिलछिनी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्दै नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पुर्नगठन दिवस मनाएको हो ।
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सुर्योद्धय युवा क्लव खाल्लेको सभाहलमा पुर्नगठन दिवस मनाएको हो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज चाम्लिङ, केन्द्रीय सदस्य एबं पुर्वसांसद फुयाँल, केन्द्रीय निर्वाचन आयोग सदस्य भीम राई लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज चाम्लिङले केपी ओलीको अहंकार र निरंकुशताको कारण विद्रोह गरेर पार्टी पुर्नगठन गर्नुपरेको बताए ।
उनले आगामी निर्वाचनमा सानदार जीतका लागि लागिपर्न नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् । कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष जलसेर राईको अध्यक्षतामा भएको थियो ।

