Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ: वेपत्ता वृद्धको कुसको अर्थी बनाएर दाहसंस्कार

    खोटाङ: वेपत्ता वृद्धको कुसको अर्थी बनाएर दाहसंस्कार


    • सोमवार, भाद्र १३ २०७९

    • नेपाल वाइड


    खोटाङ: वेपत्ता वृद्धको कुसको अर्थी बनाएर दाहसंस्कार
    बेपत्ता बर्जलालको अर्थीको दाहसंस्कार गर्दै आफन्त । तस्बीर सौजन्यः कृष्ण आचार्य

    खोटाङ, १३ भदौ । खोटाङमा १३ वर्षदेखि वेपत्ता भएका वृद्धको कुसको अर्थी बनाएर दाहसंस्कार गरिएको छ । २०६६ सालदेखि बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बर्जलाल आचार्यको कुसको अर्थी बनाएर शनिबार मेवा खोलामा दाहसंस्कार गरिएको हो ।

    ७ असारमा सय वर्ष पुगेको र हालसम्म जीवित नरहेको यकिन गर्दै बर्जलालको कुशेऔंसी र बाबुको मुख हेर्ने दिन बनाएर दासंस्कार गरिएको छोरा उद्धवप्रसाद आचार्यले बताए ।

    लामो समयसम्म खोजी गर्दा नभेटिएका आचार्यको अर्थी बनाएर अन्य मृतकको सरह मलामी सहित गएर खोलामा दाहसंस्कार गरिएको हो । उनी कान्छो छोराको घर भिमचौंरी मोरङ जानेक्रममा बेपत्ता भएका थिए ।

    आचार्य ७ असार १९७९ मा दिक्तेलमा जन्मिएका हुन् । उनका पाँच छोरा र एक छोरी छन् । बर्जलालका छोराहरु शनिबारदेखि नै परम्परा अनुसार १२ दिनको क्रियापुत्री बसेका छन् । दिक्तेलमा बसोबार गर्ने आचार्य समुदायमा कुसको अर्थी बनाएर दाहसंस्कार गरिएको पहिलो घट्ना मानिएको छ ।

    छोरा भेट्न हिँडेका बर्जलाललाई आफन्तले खोटाङकै साप्सु खोला किनारमा रहेको नयाँबस्तीमा भेटेका थिए । सम्पर्क बिहिन भएपछि सोधखोज गर्दा उनी छोराको घर नपुगेको थाहा भएको आचार्यले बताए । परिवारले उनको खोजीका लागि हुलिया सहित प्रहरीलाई जाहेरी दिएका थिए ।

    सम्बन्धित समाचार