Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कांग्रेस प्रदेश ‘क’बाट १५ आकांक्षीको नाम सिफारिस

    कांग्रेस प्रदेश ‘क’बाट १५ आकांक्षीको नाम सिफारिस


    • बिहिवार, भाद्र १६ २०७९

    • नेपाल वाइड


    कांग्रेस प्रदेश ‘क’बाट १५ आकांक्षीको नाम सिफारिस
    फायल तस्बिर

    खोटाङ, १६ भदौ । खोटाङ, १६ भदौ नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति खोटाङले प्रदेससभा निर्वाचनका लागि १५ उम्मेदवारको नाम सिफारिस गरेको छ । बिहिबार कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले प्रत्यक्षतर्फ एक सिटका लागि आठ जना, समानुपातिकतर्फ दुई महिला सहित सात जनाको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुलाई सर्वसहमत सिफारिस गर्ने निर्णय गरिएको नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति सचिव राजन भट्टराईले जानकारी दिए ।

    यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देबी राईलाईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

    जिल्ला कार्य समितिले आफ्नो राय लेखेर आकांक्षीको नाम प्रदेश कार्य समितिलाई पठाउने छ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय समितिले पनि रातीसम्ममा उम्मेदवारको नाम टुंग्याउने क्षेत्रीय समिति सचिव भट्टराईले बताए । 

    सम्बन्धित समाचार