शनिवार, भाद्र १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ भदौ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको सिमानामा पर्ने धिप्लुङ झरना । पर्यटनको प्रचुर सम्भावना भएपनि पर्याप्त प्रचार–प्रसारको अभावमा १६७ मिटर अग्लो धिप्लुङ झरना अहिलेसम्म ओझेलमा छ ।
केही वर्षअघि झरनाको नजिकसम्म पुग्ने कच्ची सडक, रेलिङसहितको ढलान बाटो, झरनाको शिरमा दृश्यावलोकनका लागि फलैंचा सहितको पार्क, झरनाको तल्लो भाग हेर्न झर्ने रेलिङसहितको फलामे भर्याङ बनाइएपछि पछिल्लो समय झरनामा घुमफिर गर्न जाने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।
अग्लो भीरको टाकुराबाट छङछङ गर्दै झरेको झरना, रिठ्ठे झाँक्री गुफा, मलेवा ओढार, राईभीर, भालेढुंगा लगायतको दृश्यवलोकनका लागि सो ठाउँ चर्चित छ ।




