Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    एमाले खोटाङः प्रदेश ‘ख’मा दंगाल, ‘क’मा चारको दावी

    एमाले खोटाङः प्रदेश ‘ख’मा दंगाल, ‘क’मा चारको दावी

    प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बिशाल भट्टराई, खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, पाँचकर्ण (पिके) राई, राजन ढकाल र देवान राईको दावी

    • शनिवार, भाद्र १८ २०७९

    • नेपाल वाइड


    एमाले खोटाङः प्रदेश ‘ख’मा दंगाल, ‘क’मा चारको दावी
    प्रदेश ‘ख’मा प्रत्यक्षतर्फका उम्मेद्धारा रामप्रसाद दंगाल ।

    खोटाङ, १८ भदौ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङ उम्मेदवार टुंग्याउने कसरतमा जुटेको छ । आइतबारसम्ममा उम्मेदवार सिफारिसको काम टुंगिने एमाले जिल्ला सचिव कुमार आचार्यले बताए ।

    हालसम्म प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ रामप्रसाद दंगालको मात्र दावी परेको छ । यस्तै, प्रदेश ‘क’मा प्रत्यक्षतर्फ देवबिक्रम राई, सर्वधन राई, लिलानाथ निरौला र अनिसा खनालले दावी प्रस्तुत गरेका छन् ।

    प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बिशाल भट्टराई, खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, पाँचकर्ण (पिके) राई, राजन ढकाल र देवान राईको दावी रहेको सचिव आचार्यले बताए ।

    प्रस्तुत दावीमाथि ‘सर्टलिष्ट’ गर्दै उम्मेदवार सिफारिस गर्ने एमालेले जनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पनि आइतबार नै टुंग्याइने आचार्यले बताए ।

    सम्बन्धित समाचार