Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र

    किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र


    • बिहिवार, भाद्र २३ २०७९

    • नेपाल वाइड


    किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र
    अधिबेसनपछि तस्बिर खिचाउदै पत्रकारलगायत अतिथिहरु ।

    खोटाङ, २३ भदौ । किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र चयन भएका छन् । बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौं अधिबेसनबाट असल चरित्र किरात राई पत्रकार संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका छन् । सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदिक्षा राई चयन भएका छन् ।

    केन्द्रीय प्रतिनिधिमा उजुर राई, सञ्जिव राई, गोमा राई र टिवन राईलाई चयन गरिएको छ । कार्यक्रम निवर्तमान अध्यक्ष गोमा राईको अध्यक्षता, किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राईको प्रमुख आतिथ्यता एबं किरात राई यायोक्खाका जिल्ला सचिव युगसन किरातको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

    उद्घाटन–सत्रमा नेपाल आदिबासी जनजाती समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, एलबी मगर, डारविन चाम्लिङ लगायतका अतिथिको उपस्थिति रहेको थियो 

    सम्बन्धित समाचार