Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पत्रकार आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

    पत्रकार आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार


    • शुक्रवार, भाद्र ३१ २०७९

    • नेपाल वाइड


    पत्रकार आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
    पत्रकार हरिबोल आचार्य

    खोटाङ, ३१ भदौ । खोटाङका पत्रकार हरिबोल आचार्यले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाउने भएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा आचार्यसहित १४ जना पत्रकारलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार गरिने भएको हो ।

    प्रेस काउन्सिल नेपालले शुक्रबार साँझ जारी गरेको सूचनामा आगामी असोज ६ गते वार्षिकोत्सवको अवशरमा पुरस्कार प्रदान गरिने उल्लेख छ । आचार्य हलेसी न्युज नेटवर्कका सञ्चालक हुन् । हलेसी न्युज नेटवर्कमार्फत खोटाङमा हलेसी साप्ताहिक र हलेसीखबर डटकम अनलाईन सञ्चालमा छन् ।

    यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार माधव बिद्रोही, प्रेस काउन्सिल आचार संहिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।

    यस्तै, प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारी, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार टेकराज थामीलाई प्रदान गरिने सूचनामा उल्लेख छ ।

    सम्बन्धित समाचार