आइतवार, आश्विन २ २०७९
नेपाल वाइड
खोटाङ, २ असोज । गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेको छ । स्थानीय तहको निर्वाचनमा १ लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ४२ हजार ७९२ मतदाता कायम भएका छन् । आसन्न निर्वाचनमा पुरुष ७४ हजार ९२७ र महिला ६७ हजार ८६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गत असार १ गतेदेखि साउन १९ गतेसम्म १ हजार २७५ नयाँ मतदाता थप हुँदा पनि मतदात संख्या घटेको हो । मृत्यु भएका, बसाई सरेका र डुप्लीकेसन भएका मतदाताको लगत कटाएका कारण मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
करिब सात सय मतदाता बसाई सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा डुप्लीकेसन भएका मतदाताको नाम हटाइएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।